Logo
Logo

आजको मुख्य २० समाचारः मन्त्रीको खुट्टा भाँचिदिने धम्कीदेखि सीमामा काँडेतार लगाउन मागसम्म


630
Shares

१. सभामुख डीपी अर्यालद्वारा सिंहदरबारस्थित निर्माणाधीन संसद् हलको निरीक्षण, काम समयमै सक्न कडा निर्देशन, ढिलाइ भए दैनिक एक करोड रुपैयाँ जरिवाना गर्ने चेतावनी ।

२. सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ भन्दै सभामुखलाई श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङले गरे प्रश्न, सभामुखको आदेशको व्यग्र प्रतीक्षामा रहेको भनाइ ।

३. काममा लापरबाही वा अनावश्यक ढिलासुस्ती गर्नेलाई यातायात मन्त्री सुनिल लम्सालले दिए खुट्टा भाँचिदिने धम्की, योजनामा देखिएका समस्या तथा अवरोध तत्काल समाधान गर्ने प्रतिबद्धता । 

४. प्रधानमन्त्रीलाई मन्त्रीहरूको बोलीमा लगाम लगाउन कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको सुझाव, पूर्वाधार मन्त्रीले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू भन्ने अभिव्यक्तिप्रति आपत्ति । 

५. लिपुलेक–लिम्पियाधुरा–कालापानी नेपालको अखण्डतासँग जोडिएका संवेदनशील विषय भएको सांसद आशिका तामाङको भनाइ, आवश्यक परे नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाउन आग्रह ।

६. अर्थमन्त्रीको पुराना दलका नेताहरूका काण्डबारे ‘फाइल खोल्ने’ भनाइप्रति संसदमा जवाफ माग, टी–स्टेटदेखि वाइडबडीसम्म छानबिनको माग, आरोप प्रमाणित नभए कठघरामा उभिन एमालेको आग्रह । 

७. गृहमन्त्री सुधन गुरुङको पुनः नियुक्ति आपत्तिजनक भएको कांग्रेस सचेतक पदमबहादुर परियारको टिप्पणी, राजनीतिक सेटिङका आधारमा गृहमन्त्रीको पुनर्बहाली भन्दै भर्त्सना ।

८. मधेस प्रदेशले आर्थिक वर्ष ०८३÷८४ का लागि ४१ अर्ब १३ करोड बजेट ल्यायो, अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत कम, चालुतर्फ १४ अर्ब ६६ करोड र पुँजीगततर्फ २६ अर्ब ४७ करोड विनियोजन ।

९. अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने एमाले राष्ट्रिय सभा दल नेता प्रेमप्रसाद दंगालको माग, करको दर हेरफेरलाई गम्भीर अपराध भन्दै संसद्मा नैतिक हैसियत गुमेको आरोप ।

१०. राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक देशभरका प्रयोगशालासम्बन्धी नभई एउटै प्रयोगशाला सञ्चालनसँग सम्बन्धित भएको मन्त्री महावीर पुनको स्पष्टोक्ति, अपराध अनुसन्धानमा फोरेन्सिक प्रणाली सुदृढ गर्न जोड ।

११. कैलालीमा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम सरकारद्वारा समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन, १२ जना वन कर्मचारी नियन्त्रणमा । 

१२. भारतसँग जीटूजी सम्झौताअन्तर्गत पहिलो लटमा ५० हजार टन रासायनिक मल आयात गर्ने, पहिलो चरणमा आयात गरिने मलमा ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी समावेश ।

१३. पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा, भारतीय ३२ लाख पर्ने मेसिनलाई १ करोड ५२ लाख देखाएर खरिद गरेको अभियोगमा १४ जनाविरुद्ध सुनुवाइ तय ।

१४. कर्मचारी सञ्चय कोषलाई धितोपत्र बोर्डबाट स्वीकृत प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न दिने कानुनी व्यवस्था, कर्मचारी सञ्चय कोष ऐन २०१९ संशोधन गर्न विधेयकको मस्यौदा तयार

१५. चालु आर्थिक बर्षको ११ महिनामा १३ खर्ब ४६ अर्ब मात्र खर्च, सार्वजनिक खर्चमा भएन सुधार, असारमा सरकारमाथि ६ खर्ब १८ अर्ब बजेट खर्चको चाप ।

१६.  बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अत्यधिक गर्मी रहने, पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली, विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

१७. चार वर्षे स्नातक तहका विभिन्न कार्यक्रमका ट्रान्सक्रिप्टका लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइनमार्फत मात्र आवेदन लिने, भौतिक आवेदन नलिइने । 

१८. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्वारा आवासीय चिकित्सकको ड्युटीसम्बन्धी व्यवस्था परिवर्तन, आवासीय चिकित्सकको २४ घन्टा ड्युटीपछि छुट्टी दिन निर्देशन ।

१९. सार्वजनिक संरचनाको लापरबाहीका कारण नागरिकले क्षति बेहोर्नु परे क्षतिपूर्ति दिन सर्वोच्चको सरकारलाई निर्देशन, काठमाडौं महानगरलाई अतिक्रमण, ढल र सडक मर्मत तत्काल सुधार्न आदेश । 

२०. र, अमेरिका–इरान शान्ति सम्झौताको घोषणासँगै एसियाली बजारमा तेलको मूल्य घट्यो, कच्चा तेल झण्डै ४ प्रतिशतले घट्दै प्रति ब्यारेल ८३ डलर ८१ सेन्टमा झ¥यो । 

प्रतिक्रिया दिनुहोस्