काठमाडौं । युक्रेनले रुसको राजधानी मस्कोमा अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । यो आक्रमणलाई रुस र युक्रेनबीच युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘यदि युक्रेन जल्यो भने, तपाईँको मस्को पनि जल्नेछ ।’ युक्रेनी आक्रमणपछि ग्याजप्रोम नेफ्टको मस्को तेल प्रशोधन केन्द्रबाट कालो धुवाँको मुस्लो निस्किरहेको तस्बिर तथा भिडियोहरू बाहिरिएका छन् ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले यो युद्ध सुरु भएदेखि मस्कोमा भएको सबैभन्दा ठूलो युक्रेनी ड्रोन आक्रमण मध्ये एक भएको बताएका छन् । युक्रेनी आक्रमणले तेल प्रशोधन केन्द्रलाई लक्षित गरेको उनले बताएका छन् ।
युक्रेनी आक्रमणपछि मस्कोको रिफाइनरीबाट पनि कालो धुवाँको मुस्लो निस्किरहेको तस्बिर एवं भिडियोहरू सार्वजनिक भएका छन् ।














