Logo
Logo

आजको २० मुख्य समाचारः रास्वपाको महाधिवेशनदेखि फिफा विश्वकपसम्म- भिडियो


0
Shares

१. रास्वपाको पहिलो महाधिवेशन चितवनमा सुरु, चार हजार बढी प्रतिनिधि सहभागी, १९ पदाधिकारीसहित एक सय ५८ केन्द्रीय सदस्य रहने कार्यसमिति चुनिने । 

२. राष्ट्रियताप्रति कसैलाई पनि आशंका नगर्न प्रधानमन्त्री बालेनको अनुरोध, नेपालको सीमाको विषयमा ऐतिहासिक प्रमाण नेपालसँग सुरक्षित रहेको दाबी, प्रमाणका आधारमा समाधान खोजिने प्रतिबद्धता ।

३. पार्टीलाई आन्दोलनबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्ने रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको भनाइ, सक्षम, प्रतिस्पर्धी र आत्मविश्वासी नेपाल बनाउने यात्रामा अघि बढ्न आह्वान ।

४. रास्वपालाई इतिहासले सुम्पिएको अवसर नचुकाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आग्रह, बालेनले राजा ल्याउँछ भनेर जनताले रास्वपालाई भोट दिएको दाबी । 

५. रास्वपाकै जस्तो देश बनाउने सपना आफूभित्र पनि रहेको सीके राउतको भनाइ, प्रतिस्पर्धी नभई सहयात्रीको रूपमा राजनीतिक सहकार्यको गर्ने प्रतिबद्धता । 

६. रास्वपा महाधिवेशनमा देशलाई नयाँ दिशामा लैजान उपेन्द्र यादवको सफलताको शुभकामना, संविधान संशोधन, आर्थिक विकास र युवा पलायन रोक्न जोड । 

७. रास्वपा र नेकपाबीच पृष्ठभूमि र कार्यशैली फरक भए पनि परिवर्तनको लक्ष्य एउटै रहेको वर्षमान पुनको भनाइ, सुशासनको एजेन्डामा अन्य दलभन्दा रास्वपासँग बढी निकट सहकार्य रहेको दाबी ।

८. रास्वपा, कांग्रेसको दुस्मन नभई प्रतिस्पर्धी मात्र भएको गगन थापाको भनाइ, आफ्ना नेतालाई भगवान् बनाएर गल्ती नगर्न रास्वपा कार्यकर्तालाई सुझाव । 

९. रवि–बालेनको पुस्तालाई ३० वर्ष नेतृत्व सुम्पन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आग्रह, पुराना पार्टीलाइ षड्यन्त्रको राजनीति त्यागेर नयाँ पुस्ताको एकता, सुशासन र समृद्धिको यात्रामा साथ दिन आह्वान ।

१०. एमाले नेता प्रदीव ज्ञवालीले गरे रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना,  गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि नलगाए दुर्घटनाको जोखिम हुने भनाइ । 

११. सरकारको कार्यशैलीलाई गाडीसँग तुलना गर्दै प्रश्नहरूको प्रधानमन्त्री बालेनले दिए जवाफ, ’एक्सप्रेस वे’ मा दौडिरहेको रास्वपाको गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्ने उल्लेख ।

१२. रास्वपा महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकाल असन्तुष्ट, पार्टी स्थापनाकर्तालाई बेवास्ता गरिएको गुनासो, महाधिवेशन दिशानिर्धारणको थलो हुनुपर्ने धारणा ।

१३. रास्वपाको ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न, मधेस प्रदेश र १३ जिल्लामा भने अधिवेशन हुन बाँकी रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जानकारी ।

१४. दम्भ र प्रतिशोधभन्दा माथि उठेर नागरिक जिम्मेवारी पूरा गर्ने पार्टी बन्ने रास्वपा सभापति रवि लामिछानेको प्रतिबद्धता,  ‘गोलकर्ता’ भन्दै गरे बालेनको प्रशंसा । 

१५. झापाको बाहुनडाँगीमा जंगली हात्ती नियन्त्रणका लागि रबरको गोली प्रयोग गर्न कांग्रेस प्रमुख सचेतक गोपाल तामाङको माग, हात्ती नियन्त्रणको दीर्घकालीन समाधानका बलियो तटबन्ध निर्माण गर्नुपर्ने जोड ।

१६. कक्षा १२ को नतिजामा देखिएको त्रुटि र रिटोटलिङ प्रक्रियामा विद्यार्थीले भोग्नुपरेको समस्याप्रति राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण, नतिजासम्बन्धी गुनासोको यथाशीघ्र छानबिन गर्न अनेरास्ववियुको माग ।

१७. मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न तत्काल नीति र कानुन कार्यान्वयन गर्नुपर्ने कोक्यापको माग, लोकतन्त्र, जवाफदेहिता र मानव अधिकार संरक्षणमा रक्षकहरूको भूमिकालाई संस्थागत गर्न जोड ।

१८. रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा चार जिल्लाबाट संशोधन भएसंगै राजनीतिक बाटो सहज, अब सहकारी ठगीको मात्र मुद्दा बाँकी ।

१९. फिफा विश्वकप फुटबलमा आज राति स्पेन र साउदी अरेबिया भिड्दै, दुवै टोली पहिलो जीतको खोजीमा, राति पौने १ बजे बेल्जियम र इरान भिड्दै  ।

२०. र, स्ट्रेट अफ होर्मुज प्रयोग गर्न अझै डराइरहेछन् अन्तर्राष्ट्रिय जहाज कम्पनीहरू, तेल ढुवानीको मुख्य रुटमै असुरक्षा गहिरिँदा विश्व ऊर्जा आपूर्तिमा थप जोखिम ।

प्रतिक्रिया दिनुहोस्