Logo
Logo

इरानले परमाणुस्थल निरीक्षण नगराए वार्ता रद्द गर्ने ट्रम्पको चेतावनी 


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी दिएका छन् । इरान पहिले नै यो सर्तमा सहमत भइसकेको भन्दै ट्रम्पले इरानका परमाणु स्थलहरूको अन्तर्राष्ट्रिय निरीक्षण अनुमति दिनुपर्ने बताए ।

The current image has no alternative text. The file name is: trump-2.jpg

पेन्सिलभेनियामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘यदि उनीहरू यो कुराबाट पछि हटे भने म अहिले नै वार्ता रद्द गरिदिन्छु ।’

स्वीटजरल्याण्डमा हालै भएको अमेरिका र इरानका अधिकारीहरुबीचको वार्तामा अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा ६० दिनका लागि हटाउने र १२ अर्ब डलर बराबरको कोष फुकुवा गर्ने सहमति भएको थियो । साथै इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनस् आफ्नो देशमा प्रवेश गर्न दिने सहमति भएको जनाइएको छ ।

यसबीचमा स्थायी युद्धविरामको प्रयासमा थप वार्ताहरू गर्ने सहमति पनि भएको थियो । ट्रम्पका अनुसार संयुक्त राष्ट्रसंघीय परमाणु निकाय आईएईएका अधिकारीहरू उचित समयमा इरान पुग्नेछन् र त्यहाँको परमाणु कार्यक्रमको निगरानी गर्नेछन् । यद्यपि उनले निरीक्षण कहिले सुरु हुन्छ भन्ने स्पष्ट जानकारी भने दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्