काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलामा आइतबार फेरि भूकम्प गएको छ । युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएएससी) का अनुसार अरागुआ तटनजिकै समुद्रमा केन्द्रबिन्दु भएर आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । जुन ३० किलोमिटर गहिराइबाट गएको थियो ।

स्थानीय समयअनुसार बुधवार (जुन २४) साँझ मात्र भेनेजुएलामा केही सेकेन्डको फरकमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएका थिए।
जसमा परी मृत्यु भएकाको सङ्ख्या १ हजार ४३० पुगेको छ भने ३ हजार ३०० भन्दा बढी घाइते भएका छन् । ढलेका संरचनाभित्र अझै ६८ हजार ९०० जना बेपत्ता छन् । खोजी जारी छ । यहीबिच शनिवार पनि भेनेजुएलामा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।














