Logo
Logo

भारतले पानी रोक्न खोजे हात काटिदिने पाकिस्तानको चेतावनी


63
Shares

काठमाडौं । पाकिस्तानले सिन्धु जल सन्धिका विषयमा भारतलाई कडा चेतावनी दिएको छ । पाकिस्तानका जलवायु परिवर्तनमन्त्री मुसादिक मलिकले कसैले पाकिस्तानको हिस्साको पानी रोक्न खोजे उसको हात काटिदिने चेतावनी दिएका हुन् ।

The current image has no alternative text. The file name is: pakistan-1.jpg

यस क्रममा उनले पाकिस्तानको हिस्साको पानी भारतले रोक्न चाहेको आरोप पनि लगाएका छन् । सूचनामन्त्री अत्ताउल्लाह तरारसँगको संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई संकेत गर्दै उनले भने, ‘छिमेकी देशका प्रधानमन्त्रीको हातमा एउटा धारा छ । उनले भने, पाकिस्तानमा एक थोपा पनि पानी जान दिँदैनौँ । हाम्रो हिस्साको पानी दाबी गर्नेको हात काटिनेछ ।’

अत्ताउल्लाह तरारले सिन्धु जलसन्धि अझै पनि कानुनी रूपमा लागु रहेको बताए । उनले भने, ‘भारतले एकतर्फी रूपमा यसलाई निलम्बन, रद्द वा संशोधन गर्न सक्दैन ।’ उनले पानी रोक्ने अधिकार नरहेको बताउँदै ढलानमा रहेका मानिसको अधिकार खोस्ने कसैलाई नभएको बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस्