Logo
Logo

पूर्वसर्वोच्च नेता खामेनीको अन्त्येष्टिअघि इरानले भन्यो-‘रगतको बदला’


756
Shares

काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आफ्ना पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको ‘रगतको बदला’ लिने घोषणा गरेको छ ।

The current image has no alternative text. The file name is: khameni.jpg

इरानी सञ्चारमाध्यमले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरको सो विषयमा हस्ताक्षर गरेको जनाइएको छ ।  जसमा भनिएको छ, ‘अयातोल्लाह अली खामेनीको रगतको बदला निश्चित रूपमा उनका हत्यारासँग लिइनेछ ।’

मोहम्मद बाकरको यो सन्देश सामाजिक सञ्जाल प्लाटफर्म एक्समा जारी गरिएको छ । अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका तत्कालीन सर्वोच्च नेता खामेनीको हत्या गरिएको थियो । जुन दिन अमेरिका र इजरायलले इरानमा पहिलो आक्रमण गरेका थिए । जसमा खामेनीसहित इरानका धेरै जना शीर्ष अधिकारी तथा उनीहरूका परिवारका केही सदस्य मारिएका थिए ।

बीबीसी फारसीका अनुसार, अली खामेनीको अन्त्येष्टि समारोह यही जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मसहदमा आयोजना गरिनेछ ।

इराकका सहरहरू बगदाद, काजमिन, करबला र नजफमा पनि शोक सभाहरू आयोजना गरिनेछ । यसैबिच कतारको दोहामा अमेरिका र इरान अप्रत्यक्ष वार्तामा छन् । 

प्रतिक्रिया दिनुहोस्