
काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको हो ।
दफावार छलफलपछि विधेयक पारित गरिएको हो । उक्त विधेयक प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।
विधेयकमाथिको दफावार छलफलमा सांसदहरू आशिष गजुरेल, वासना थापा, ऐनबहादुर महर र अरविन्द शाहले भाग लिएका थिए । यो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक हो । सभामुख डोलप्रसाद अर्यालले दफावार छलफलपछि विधेयक पारित भएको घोषणा गरेका हुन् ।














