Logo
Logo

वीरगन्जमा बिहानैदेखि घर भत्काउन स्काभेटर परिचालन


126
Shares

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले सोमबार बिहानैदेखि कडा सुरक्षाबिच वीरगन्जमा पुनः घर भत्काउनका लागि स्काभेटर परिचालन गरेको छ ।

The current image has no alternative text. The file name is: dozer.jpg

गण्डकदेखि पावर हाउस चोकसम्म्को सडकमा परेका घरहरू भत्काउन सुरक्षाकर्मीसहित स्काभेटर परिचालन गरेको हो । शुक्रबार सडकमा परेका घरहरू भत्काउन सुरु गर्दा पीडितहरूले विरोध प्रदर्शन गरेका थिए ।

पीडितहरूको विरोध प्रदर्शनले सडक डिभिजन कार्यालय हेटौंडाले घर भत्काउने कार्य रोकेको थियो । सडक वीरगन्जमा आज बिहानैदेखि घर भत्काउनका लागि स्काभेटर, ग्रेडर प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्