Logo
Logo

अमेरिकाको आक्रमणबाट १४ इरानी मारिए


63
Shares

काठमाडौं । इरानले २ दिनमा अमेरिकाको आक्रमणबाट १४ जना नागरिक मारिएको बताएको छ । दुई देशबिच बिहीबार पनि दोहोरो आक्रमण भएको थियो । जसका कारण होर्मुज जलमार्गमा जहाज आवतजावत लगभग ठप्प भएको छ । 

The current image has no alternative text. The file name is: iran-3.jpg

अमेरिकाले इरानका ९० निसानमा प्रहार गरिएको बताएको छ, जसमा होर्मुजनजिकका केही स्थान पनि पर्छन् । इरानले विगत दुई दिनमा अमेरिकाको आक्रमणबाट १४ नागरिक मारिएको दाबी गरेको छ ।

बुसेहर आणविक प्लान्ट नजिक पनि आक्रमण गरिएको उल्लेख गरेको छ । तर अमेरिकाले यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

बदलामा इरानले कुवेत, बहराइन र कतारमा रहेका अमेरिकाका अड्डामा हवाई हमला गरिएको बताएको छ । बिहीबार इरानले कुवेत, जोर्डन र इराकका धेरै स्थानमा थप आक्रमण गरेको जनाइएको छ । 

यसैबिच इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई ६ दिनको श्रद्धाञ्जली कार्यक्रमपछि बिहीबार मसहद अन्त्येष्टि गरिएको छ । त्यस क्रममा इरानको उत्तरपूर्वी सहर मसहदको सडकमा इरानी झण्डाका साथ ठुलो सङ्ख्यामा मानिस भेला भएका थिए । 

केहीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ज्यान मार्ने धम्की भएका पोस्टर पनि बोकेका थिए। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरुमा गरेको संयुक्त हवाई हमलामा तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनी परिवारसहित मारिएका थिए । 

प्रतिक्रिया दिनुहोस्