Logo
Logo

गायिका अञ्जुकी छोरी मोडलिङमा (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ मंसिर । नेपाली सुगम संगीतकी लोकप्रिय गायिका अञ्जु पन्तले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत सार्वजनिक गरेकी छन् । विशेषगरी सेन्टिमेन्ट गीतका लागि लोकप्रिय अञ्जुको हालै सार्वजनिक ‘धेरै माया नदेउ मलाई’ बोलको गीत भने केही फरक छ ।


यस गीतलाई उनले क्लासिक पपशैलीमा कम्पोज गरेकी छन् । पाश्र्वगायनमा समेत चर्चित अञ्जुको यो फरकशैलीको गीतको भिडियोमा आफ्नै छोरी परितोशिका पन्तलाई मोडलिङ गराएकी छन् । परितोशिकाले यसै भिडियोमार्फत मोडलिङमा डेब्यू गरेकी हुन् । उक्त गीतमा सुरेश वाग्लेको शब्द छ ।
निकेश खड्काले निर्देशन गरेको भिडियोमा परितोशिकासँगै कुन्साङ बोम्जमको अभिनय रहेको छ । गायिका अञ्जु पन्तले केही सयमअघि नै आफ्नी छोरीलाई मोडलिङमा डेब्यु गर्ने बताउँदै आएकी थिइन् । भिडियोमा डेब्यू गरेसँगै परितोशिकाले आगामी दिनमा म्यूजिक भिडियो र चलचित्रमा काम गर्ने सोच बनाएकी छन् ।
यस भिडियोका लागि कस्टम डिजाइन डिल्लीबजारस्थिति ‘कुसम द बुटिक’की कुसुम श्रेष्ठले तयार गरेकी हुन् । कुसुक बुटिक पछिल्लो समय नेपाली सेलिब्रेटीमाझ लोकप्रिय छ । गायिका अञ्जु पन्तले पनि कुसुम बुटिककै पहिरन प्रयोग गर्दै आएकी छन् ।
कुसुमको कस्टम डिजाइनमा मोडल परितोशिका धपक्कै खुलेकी छन् । आमाको गीतको भिडियोमार्फत ग्ल्यामरस क्षेत्रमा पाइला राखेकी परितोशिकाको भविष्य उज्जव देखिन्छ । धिरजजंग शाहको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्