Logo
Logo

रुसले किभमा बर्सायो क्षेप्यास्त्र


63
Shares

काठमाडौं । युरोपेली संघ (ईयू) र युक्रेनबिच ड्रोन निर्माणसम्बन्धी नयाँ सम्झौता भएलगत्तै रुसले युक्रेनको राजधानी किभमा ठूलो आक्रमण गरेको छ । रुसले बिहीबार बिहान किभमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।

The current image has no alternative text. The file name is: ukraine.jpg

किभको क्लिट्स्कोले स्व्यातोशिन्स्की जिल्लाको एउटा गोदाम र डार्नित्स्की जिल्लाको गैर-आवासीय भवनमा आगलागी भएको छ।  क्षेप्यास्त्रको भग्नावशेष डार्नित्सियाको गैर-आवासीय क्षेत्रमा पनि परेको छ, जसले गर्दा आगलागी थप फैलिएको छ।

घटनास्थलमा आपत्कालीन सेवाहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । युक्रेनको वायुसेना कमान्डले करिब एक घण्टापछि खतरा टरेको जानकारी दिएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले किभको भ्रमण गरी नयाँ ‘ड्रोन सम्झौता’ घोषणा गरेको केही घण्टाभित्रै यो आक्रमण भएको हो । उक्त सम्झौताले युक्रेनको युद्ध अनुभव र युरोपको औद्योगिक क्षमतालाई मिलाएर ड्रोन उत्पादन बढाउने लक्ष्य राखेको छ ।

युक्रेनमा रुसी आक्रमण सुरु भएको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्ध रोकिने संकेत देखिएको छैन । पछिल्ला केही महिनायता दुवै पक्षबाट आक्रमण तीव्र हुँदा सर्वसाधारणको ज्यान जाने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्