Logo
Logo

पहिरोका कारण मुग्लिन-काठमाडौं सडक अवरुद्ध


315
Shares

काठमाडौं । पहिरोका कारण मुग्लिन–काठमाडौं सडक अवरुद्ध रहेको छ । पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक अवरुद्ध रहेको हो ।

The current image has no alternative text. The file name is: kulekhani_fakhel-sadak-ma-pahiro.png

लगातार भएको वर्षापछि धादिङको बेनीघाटस्थित जवाङ खोला नजिक पहिरो गएको छ भने चितवनको इच्छाकामनाको फिसलिङमा पनि पहिरो खसेको छ ।

प्रहरीले हाल दुवै स्थानमा पहिरो पन्छाउने काम जारी रहेको बताएको छ । वर्षाका कारण रात्रीको यात्रामा जोखिम हुने भन्दै धादिङ र चितवन प्रशासनले गए राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सन्चालनमा रोक लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्