Logo
Logo

बागमतीमा पुल निर्माणले गति लियो


504
Shares

बागमती । बागमती प्रदेशमा गत आर्थिक वर्ष ४४ सडक पुल निर्माण सम्पन्न भएका छन् । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजित कूल रकममध्ये ६३.४० प्रतिशत खर्च भएको मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरले जानकारी दिए।

मन्त्रालयअन्तर्गत सोही अवधिमा १३६.६६ किमी ग्राभेल सडक स्तरोन्नति, २३१.३१ किमी कालोपत्रे/ढलान सडक निर्माण, छवटा झोलुङ्गे (पैदलयात्री पुल), १७ सरकारी भवन, १०२सामुदायिक भवन, ९४० विभिन्न कार्यक्रममार्फत आवस निर्माणसँगै १७ वटा उद्यान निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गत ४१ रुग्ण आयोजनामध्ये सातवटा सम्पन्न भइसकेको छ भने २३ वटाको निर्माण कार्य सुचारु गराई कार्यासम्पादनमा तीव्रता ल्याइएको छ । बाँकी निर्माण कार्यको लागि ११ को सुचारु ग्र्न आवश्यक समन्वय भइरहेको र चार आयोजनामा हर्जाना लगाइ कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्