सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक चोकमा दुई वर्षकी बालिकालाई सौतेनी आमाले नै हत्या गरेको स्वीकार गरेकी छिन् । आइतबार बिहानदेखि हराइरहेकी खुसी खातुन दिउँसो घर पछाडिकै झाडीमा मृत भेटिएकी थिइन् ।

घटनापछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएकी उनकी सौतेनी आमा मुस्कान खातुनले सौता रुबिना खातुनसँग विवादका कारण बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बालिकाको हत्या गरेर घर पछाडिको झाडीमा फालेको मुस्कानले बयानमा स्वीकार गरेकी छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । बालिका बिहान पौने १० बजेसम्म पूर्व पश्चिम राजमार्ग छेउमै रहेको घर अगाडि खेलिरहेकी थिइन् । त्यहीँबाट अचानक हराएकी थिइन् । परिवारजनले खोजी गर्दा नभेटिएपछि इलाका प्रहरी कार्यालय रुपनीमा खबर गरिएको थियो ।















