Logo
Logo

दुर्गा प्रसाईँको घरबाट बरामद सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश


0
Shares

काठमाडौं ।  प्रहरीलाई सर्वोच्च अदालतले  मेडिकल व्यवसायी दुर्गा प्रसाईँको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन आदेश दिएको छ । 

The current image has no alternative text. The file name is: supreme-court-of-nepal1542214610-1.jpg

सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईँकी पत्नी उमा प्रसाईँले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो । 

यस्तै प्रसाईँको घर खानतलासी गरेर बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन पनि भनिएको छ । भदौ ४ गते प्रहरीले प्रसाईँको घरमा खानतलासी गरेको थियो । 

प्रसाईँको खानतलासी गर्दा बरामद भएका सामान समेत पेसीको दिन लिई आउन सर्वोच्चले आदेश दिएको हो । 

प्रतिक्रिया दिनुहोस्