
काठमाडौं । नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा भएका छन् । भदौ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी द्रव्यराम भण्डारी र रन्जित थापालाई उपरथीमा बढुवा गरेको हो ।
उनीहरूलाई सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले दज्र्यानी चिह्न प्रदान गरेका छन् । यस्तै प्रमुख सेनानीबाट चार जना महासेनानीमा बढुवा भएका छन् । उनीहरूलाई पनि सोमबार नै दज्र्यानी चिह्न प्रदान गरिएको छ ।













