Logo
Logo

नेवारी चलचित्र ‘लुँ यागु तक्मा’ बन्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ पुस । नेवार जातिको सामाजिक कथामा आधारित चलचित्र ‘लुँ यागु तक्मा’ अर्थात (सुनको तक्मा) निर्माण हुने भएको छ । शनिबार ठमेलस्थित छायाँ सेन्टर चलचित्रको शुभमुहुर्त गरिएको छ । बरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता शुभमुहुर्त गरिएको हो ।
मानकृष्ण वावा, सुरज व्यङ्जनकार, राोजिना सुवाल, भगेन्द्र मानन्धर, रञ्जना सिदिकु, रिजन महर्जन, हसिना महर्जनबाट अभिनय गरी मुर्हुत गरिएको थियो । कार्यक्रम चलचित्रको निर्माता तथा निर्देशक सुरेन्द्र तुलाधरलगायतले बोलका थिए । नेपाल भाषाका सिने कलाकार मानकृष्ण बाबाको ‘स्वास्थ्य उपचार तथा जीविकोपार्जन कोष’ स्थापनार्थ सुखावती मल्टिप्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा संलग्न कलाकार, निर्देशक, प्राबिधिकलगायत अन्य सरोकारवालाले निःशुल्क काम गर्ने भएका छन् ।
कार्यक्रममा चलचित्रका निर्माता तथा निर्देशक सुरेन्द्र तुलाधरले नेपाल भाषा, नेवार समुदायको संस्कृति र परम्परालाई जीवन्त राख्न चलचित्र क्षेत्रबाट गरिएको प्रयासहरुको चर्चा गर्दै यो शुभमुहुर्त कार्यक्रमलाई रोक्न भागवत नरसिहं प्रधानले टेलिफोन गरेर कलाकारहरुलाई भड्काउन खोजेको घट्नाप्रति दःुख व्यक्त गरेका थिए ।
उनले काठमाडौंका नेवार समुदायको बसोबास रहेको र अनेक मन्दिर, बहाल, बिहार रहेको ठमेल क्षेत्रमा स्थापना भई यहाँको धर्म, संस्कृति, मठमन्दिर, विहारको संरक्षण र पूर्वाधार विकाससहित रोजगारी सिर्जना गरिरहेको छाँया सेन्टरमा अतिथि कलाकारलगायत अन्यलाई कार्यक्रममा नजान व्यक्तिगत दवाव दिनु अन्यन्त निन्दनीय रहेको उनको भनाइ छ ।
उनले नेपाल भाषा, नेवारी संस्कृति, सम्पदा, रीति, परम्पराप्रति आस्था र विश्वास भए तिनको संरक्षण र सम्बर्धनका साथै नेवार समुदायको आर्थिक र सामाजिक विकासमा ठमेल क्षेत्रका पर्यटन व्यवसायी र उद्यमीसँग आपसी सल्लाह र समझदारीको पहल गरी सामुदायिक भाईचाराको विकास गर्न सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि, बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठलाई पनि कार्यक्रम बहिस्कार गर्नका लागि पटकपटक फोन गरेर आफुलाई दबाब दिएका भागवत नरसिहं प्रधानको गलत प्रवृत्ति र व्यबहारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले ठमेलमा निर्माण भएको छाँया सेन्टरमा रहेको होटल एलफ्ट, अत्याधुनिक सिनेमा हल, अन्तर्राष्ट्रियस्तरको सपिङ सेन्टरले पर्यटकीय क्षेत्र ठमेलवासीको इज्जत र प्रतिष्ठा उच्च बनाएको बताए ।
कार्यक्रमका बिशिष्ट अतिथि बरिष्ठ कलाकार नीर शाह, चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, रमेश उप्रेती, रविन्द्र खड्का, नागे डंगोललगायतका व्यक्तित्वले कलाकारलगायत निर्माण टीमले निःशुल्क काम गरेर संकटमा परेका कलाकारको सहयोग जुटेको धन्यबाद दिए ।

 

प्रतिक्रिया दिनुहोस्