Logo
Logo

रसुवा बाढीको ६ दिन : अझै ४ हजार २४७ सम्पर्कविहीन


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बिनाशकारी बाढीको छैटौँ दिन पनि खोज तथा उद्धार जारी छ । गत बुधबार आएको बाढीमा परी निधन भएकामध्ये सोमबार बिहानसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार भदौ १५ गते सोमबार बिहान ९ बजेसम्मको विवरणअनुसार बाढीमा परी अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन् भने १० हजार ४५१ जनाको विभिन्न माध्यमबाट उद्धार गरिएको छ ।

बाढीमा परी सुरक्षाकर्मी समेत बेपत्ता छन् । नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३ जना, रसुवाका ८६५ जना, नुवाकोटका १५५८ जना, जलविद्युत् आयोजनाका ९३३ जना, मकवानपुरका ६५ जना बेपत्ता रहेका छन् ।

बाढीमा विदेशी नागरिक ५९२ जना, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि अहिलेसम्म सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्