Logo
Logo

माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पम्पिङ गरेर फ्याँक्न थालियो पानी


0
Shares

काठमाडौं । भोटेकोसीको बाढीपछि उद्धारको काम जारी रहेको माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी बाहिर फ्याँक्न सुरु गरिएको छ । 

१० भदौको बाढीपछि ६० मेगावाट क्षमताको त्रिशूली ३ ‘ए’को टनेलमा ३८ जना फसेको अनुमान छ । यहाँ उद्धार कार्य हिजो रातभरीदेखि जारी रहेको छ ।

केवल टनेल पोर्टल सफा गर्ने क्रममा आज बिहान ३ बजे बिस्फोट गरेर टनेलको मुख खोलिएको थियो । त्यस पश्चात् केवल टनेलमा पानी रहेको पाइएपछि वाटर पम्पसेट प्रयोग गरी पानी निकाल्न थालिएको छ ।

पानी निकाल्ने कार्यलाई थप प्रभावकारी  बनाउन ठूलो क्षमताको थप डिजीसेठ तथा पम्प सेट लगायतका उपकरण समेत साईट पुगिसकेको छ । टनेलको मुखतर्फ रहेका ढुङ्गा माटोको थुप्रो हटाइ भित्र प्रवेश गर्न सकिने मार्ग तयार गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्