Logo
Logo

मानसरोवर गएका २५ सय मानिस फर्किए


630
Shares

काठमाडौं । चीनको कैलाश मानसरोवर गएकामध्ये २ हजार ५ सय जना नेपाल फर्किएका छन् । ३ हजार जना त्यस क्षेत्रमा गएको तर रसुवा बाढीका कारण रोकिएकाहरू फर्किएका हुन् । उनीहरू हिल्सा र तातोपानी नाका हुँदै फर्किएको परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

हिल्सा र तातोपानी नाका हुँदै फर्किएका छन् । मन्त्रालयका अनुसार कैलाश मानसरोवर जाने र फर्कने अधिकांश तीर्थयात्री छन् । ‘विपद्को समयमा माउन्ट कैलाश जाँदै गरेका र फर्किँदै गरेका अनुमानित तीन हजार जनामध्ये करिब २५ सय जना हिल्सा र तातोपानी नाका भई फर्किएका छन्,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री भने।

बाँकी भएकालाई पनि फर्काउने सहजीकरण भइरहेको उनको भनाइ छ । केही मानिसहरू भने ल्हासाबाट हवाई मार्ग भएर फर्किने तयारीमा रहेको उनले बताए । चीन सरकारले अन्य नेपाल–चीन सीमा नाकाहरू भई नेपाली तथा विदेशी नागरिकहरूको फिर्तीमा सहजीकरण गरेको पौडेलको भनाइ छ।

भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्