Logo
Logo

पृथ्वी राजमार्गको परेवाभिर खण्ड १२ घण्टा पूर्ण बन्द


0
Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि राजमार्ग एकतर्फी मात्र सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सडकको मर्मत कार्य गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

प्रशासनद्वारा जारी सूचनाअनुसार मर्मत अवधिभर अत्यावश्यक सवारीसाधन ९एम्बुलेन्स र शववाहन० बाहेक अन्य सम्पूर्ण सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले सडक बन्द हुँदा यात्रु तथा सवारीचालकहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्