Logo
Logo

हुम्लामा ५ दिनदेखि विद्युत् अवरुद्ध


0
Shares

सुर्खेत । नेपाल विद्युत् प्राधिकरणको हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

विद्युत् आपूर्ति बन्द हुँदा हुम्ला सदरमुकाम तथा आसपासको क्षेत्रका नागरिकहरु मोबाइलसमेत चार्ज गर्न नपाउदा समस्यामा परेका छन्।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट-९ को गभर्नरमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो।

जनशक्तिबाट तत्काल समस्या समाधान हुन नसकेकाले भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म वितरण केन्द्रबाट वितरित विद्युत् सेवा सम्पूर्ण क्षेत्रमा अवरुद्ध हुने जनाएको छ।

समस्या समाधान गर्न नसक्दा सेवाग्राही मारमा
विद्युत् सेवा अवरुद्ध हुँदा हुम्लाका सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, व्यवसाय तथा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ।

लामो समयसम्म विद्युत् नहुँदा मोबाइल चार्ज गर्नदेखि इन्टरनेट तथा विद्युतीय उपकरण सञ्चालनमा समेत समस्या भएको स्थानीयको भनाइ छ।

दुर्गम हिमाली जिल्ला हुम्लामा नियमित विद्युत् आपूर्तिको भरपर्दो वैकल्पिक व्यवस्था नहुँदा पावर हाउसमा सामान्य समस्या आउँदासमेत ठूलो क्षेत्र प्रभावित हुने गरेको छ। तत्काल विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ। झडपपछि १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।

उनका अनुसार ‘बी ब्लक’ १९ जनालाई निकालिएको हो । कैदीबन्दीलाई यातना दिएको र रकम असुल गरेको भन्दै अर्को पक्षले चौकीदार विशाल निरौला पक्षलाई आरोप लगाएपछि झडप भएको थियो ।

बि ब्लकमा यसअघि प्रहरीलाई प्रवेश निषेध थियो । प्रहरी बी ब्लकमा प्रवेश गर्दा कैदीबन्दीको समूहले विरोध गर्दै नाराबाजी गरेको थियो । शुक्रबार १९ जना कैदीबन्दीलाई बाहिर निकालेपछि कारागारको अवस्था सामान्य रहेको कटवालले बताए ।

उनका अनुसार कारागारबाट निकालिएका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्