Logo
Logo

मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो


0
Shares

विराटनगर । जिल्ला कारागार मोरङमा कैदीबन्दीबीच झडप भएको छ । विराटनगर ८ मा रहेको कारागारमा शुक्रबार दिउँसो दुई पक्षबीच झडप भएको हो ।

झडपपछि १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।

उनका अनुसार ‘बी ब्लक’ १९ जनालाई निकालिएको हो । कैदीबन्दीलाई यातना दिएको र रकम असुल गरेको भन्दै अर्को पक्षले चौकीदार विशाल निरौला पक्षलाई आरोप लगाएपछि झडप भएको थियो ।

बि ब्लकमा यसअघि प्रहरीलाई प्रवेश निषेध थियो । प्रहरी बी ब्लकमा प्रवेश गर्दा कैदीबन्दीको समूहले विरोध गर्दै नाराबाजी गरेको थियो ।

शुक्रबार १९ जना कैदीबन्दीलाई बाहिर निकालेपछि कारागारको अवस्था सामान्य रहेको कटवालले बताए ।

उनका अनुसार कारागारबाट निकालिएका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्