Logo
Logo

डिआईजीकै सेटिङमा घुम्ती क्यासिनो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ पुस । प्रदेश डिआईजीकै सेटिङमा प्रदेश नम्बर ५ का जिल्लाहरुमा घुम्ती क्यासिनो मैलाएको छ । भारतबाट जुवाडेहरु ल्याउने र गोप्य अखडामा प्रहरीकै मिलेमतोमा जुवा खेलाउने धन्दा फस्टाएको छ ।

खासगरी बर्दियामा यस्तो धन्दा बढेको छ । बर्दियाको बडैया ताल, बाँसगढी एरियामा दैनिक ठूला जुवाखालहरु चल्ने गरेका छन् । कैलाली प्रहरीमा सेटिङ नमिलेपछि कैलालीका ठूला जुवाडेहरु समेत बर्दियामा आएर जुवा खेल्ने गरेका छन् । यस्ता जुवाखालमा सुराकी गर्न मात्र तीन दर्जन केटाहरु राखिएको छ । बर्दियाका एसपी केदार रजौरेको समेत यसमा मिलेमतो रहेको स्रोत बताउँछ । डिआईजी रबिन्द्र धानुककै ग्रिनसिग्नलमा एसपी रजौरेले जुवा खेलाउन दिने गरेका छन् । प्रहरीकै घुमुवालाई समेत सेन्ट्रीमा राखेर एक रातको १० हजार रुपैयाँ लिने गरेका छन् । बाँके प्रहरीको समेत मिलेमतोमा नेपालगञ्जको विभिन्न ठाउँमा समेत यस्ता घुम्ती क्यासिनो फस्टाएका छन् । विगतमा मिनि क्यासिनोमा जुवा खेल्ने तथा खेलाउनेहरु अहिले यस्ता घुम्ती क्यासिनोमा लागेका हुन् । घुम्ती क्यासिनो हरेक दिन फरक फरक ठाउँमा हुने गर्दछन् ।

उता बाँकेका अधिकांश प्रहरी चौकी र इलाकमा डिआईजी धानुकले आफुनिकट घुमुवाहरु परिचालन गरेका छन् । जहाँबाट केराउ तस्करीको सेटिङ मिलाउन डिआईजी धानुकले आफ्ना घुमुवा राखेका हुन् । बाँकेका एसपी ओमबहादुर राना पनि डिआईजीको साथ पाएपछि असुलीमै हौसिएका छन् ।

प्रतिक्रिया दिनुहोस्