काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि हराएका सुनचाँदी, नगद फेला परेमा आफूसँग नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ । यस्ता धनमाल बिक्री वितरण नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

“भोटेकोसी बाढीपछि हराएका सुनचाँदी, नगद, धनमाल तथा महत्त्वपूर्ण कागजात फेला परेमा आफूसँग राख्ने, बिक्री वितरण गर्नेजस्ता आपराधिक एवं अमानवीय कार्य नगर्नुहोस्,” प्रहरीले भनेको छ ।
फेला परेको सामान नजिकको प्रहरी कार्यालयमा बुझाएर असल नागरिकको परिचय दिन प्रहरीले आग्रह गरेको छ । यही भदौ १० गतेको हिमबाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।














