Logo
Logo

हवल्दारको घुसकाण्डमा इन्सपेक्टर तानिए


- दृष्टि न्युज/संवाददाता

7.6k
Shares

काठमाडौं, ८ पुस ।
सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङको घुसकाण्डमा इन्सपेक्टर पनि तानिएका छन् । गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीद्वारा निज लिल बहादुर गुरुङलाई सेवाग्राहीसँग रु. ३५,०००।– (पैतीस हजार) घुसररिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगर, कपिलबस्तुका सशस्त्र प्रहरी सहायक हवल्दार गुरुङले उनी कार्यरतकार्यालयका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्कीको निर्देशनमा सेवाग्राहीलाई भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने भनी रू.३५,०००र( घुसररिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर गरेकोले सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्की र सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङलाई जनही बिगो रू.३५,०००र( (पैंतीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्