Logo

के हो भेनेजुएला संकट, किन विवादमा आए प्रचण्ड ?


Published On : 5 February, 2019

भेनेजुएलामा निर्वाचित राष्ट्रपति मदुरोका विरुद्ध संसदमा बहुमत प्राप्त प्रतिपक्षी नेता गुआइदोले आफुलाई राष्ट्रपति घोषणा गरेपछि र अमेरिकालगायतका देशहरुले प्रतिपक्षी नेतालाई मान्यता दिएपछि संकट चर्केको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस घटनालाई अमेरिकाको साम्राज्यवादी हस्तक्षेप र सैन्य ‘कू’ भन्दै भत्सर्ना गरेपछि नेपालमा पनि भेनेजुएलाको चर्चा चलेको छ । तर यथार्थमा भेनेजुएलामा भएको के हो र नेपाली जनताले कसको पक्ष लिने हो ?
भेनेजुएलामा सन् १९९२ मा तात्कालिन राष्ट्रपतिका विरुद्ध सैन्य विद्रोह भएको थियो । जसको नेतृत्व सेनाका एक अधिकृत ह्युगो चावेजले गरेका थिए । तर त्यो विद्रोह असफल भयो । त्यसपछि चावेज २ वर्ष जेल परे । आममाफीपछि उनी जेल मुक्त भए । चावेज त्यसपछि शान्तिपूर्ण राजनीतिमा लागे । सन् १९९७ मा “पाँचौ रिपब्लीक मुभमेन्ट” नामको राजनीतिक दल खोले । देशको संकटपूर्ण अर्थराजनीतिक स्थिति र चरम भ्रष्टाचारको विचमा सन् १९९८ को चुनाव जितेर चावेज भेनेजुएलाको राष्ट्रपति बने ।
राष्ट्रपति बनेपछि चावेजले गरीब जनता र मध्यमवर्गलाई पनि सम्बोधन हुने गरी लोकप्रिय कार्यक्रमहरु लागू गर्न थाले । उनले सन् १९९९ मा संविधानसभाको चुनाव गराए । त्यसबाट नयाँ संविधान बनाए । त्यस नयाँ संविधानअनुसार सन् २०००मा राष्ट्रपति चुनाव र राष्ट्रियसभा नामको संसद्को चुनाव गराए । भेनेजुएलामा पहिलेदेखि नै अमेरिकी राज्यप्रणाली जस्तै किसिमको कार्यकारी राष्ट्रपति र संसदको व्यवस्था छ । त्यस चुनावमा पनि चावेजले ५९दशमलव ८ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भए । संसदको चुनाव पनि उसको पार्टी पाँचौँ रिपब्लिक मुभमेन्टले कूल १६५ सिटमध्ये ९१ सिटमा विजय प्राप्त ग¥यो ।
सन् २००५ को संसदिय चुनावमा उनको पार्टीले कुल १६५ सिट मध्ये ११४ सिट जित्यो । सन् २००६ को राष्ट्रपति चुनावमा ६२ दशमलव ८ प्रतिशत भोट प्राप्त गरेर चावेज पुन विजयी भए । सन् २००७ मा चावेजले उनको पार्टी र अरु केही पार्टीहरु एकता गरेर युनाइटेड सोसलिष्ट पार्टी अफ भेनेजुएला वनाए । सन् २०१२ मा भएको राष्ट्रपति चुनावमा पनि चावेजले विजय हासिल गरे । तर सपथ ग्रहण गर्न नै नपाई उनको मृत्यु भयो । त्यसपछि मदुरो राष्ट्रपति भए जो अहिले सम्म सत्तामा छन् ।

भेनेजुयला तेलको ठुलो भण्डार भएको देश हो र त्यसैमा विश्वका साम्राज्यवादी पूँजीवादी देशहरुले आँखा गाडेका छन् । तर चावेजले तेलको निकासी व्यापारवाट आएको आम्दानीले नै समाजवाद निर्माण गर्ने कोशिस गरे । उनले देशको औद्योगिक क्रान्ति, कृषि क्रान्ति आदि समग्र आर्थिक प्रवर्गहरुको क्रान्तिमा जोड दिएनन् । जसले गर्दा सरकारको प्रमुख आयश्रोत तेल निकासी मात्र बन्यो ।

चावेज शुरुमा लैटिन अमेरिकी स्वतन्त्रता संग्रामका महानायक सिमोन वोलिभारका समर्थक थिए । वोलिभारले साम्राज्यवादी हस्तक्षेपवाट लैटिन अमेरिकालाई मुक्त वनाउन ठुलो मुक्तियुद्धको नेतृत्व गरेका थिए । त्यसैले शुरुदेखि चावेज साम्राज्यवाद विरोधी भए । क्रमश चावेजमा समाजवाद प्रति पनि आकर्षण वढ्यो । तर उनको समाजवाद पूर्ण रुपमा माक्र्सवादमा आधारित थिएन । उनले “२१ औं शताब्दिको समाजवाद” भन्दै आफ्नै खालको समाजवादको निर्माण गर्न कोशिस गरे ।
ह्युगो चावेजको करिव १४ वर्ष लामो शासनकाल उथलपुथलकारी रह्यो । उनले शिक्षा, स्वास्थ्य, भूमि सुधार आदि क्षेत्रमा वहुसंख्यक गरीब जनताको पक्षमा कदम उठाए । ठुला नीजि क्षेत्रका तेल उद्योग, सिमेन्ट उद्योग आदिलाई राष्ट्रियकरण गरेर सरकारको मातहत ल्याए । उनले सहकारी अभियानमार्फत गरीब जनताको आय विस्तार गर्ने कदम चाले । विदेशी लगानीलाई निर्वाध छोडेनन् र नियन्त्रण गरे । भूमिसुधार कार्यक्रम मार्फत ३० लाख हेक्टर जमीन गरीबहरुलाई वितरण गरे, जसमध्ये एक लाख हेक्टर आदिवासीहरुलाई वितरण गरे । क्युवावाट हजारौं डाक्टरहरु ल्याएर भएपनि भेनेजुएलाको स्वास्थ्य क्षेत्र गरीबहरुका लागि सुलभ वनाए ।
बहुसंख्यक गरीब जनता र निम्न मध्यम जनताको पक्षमा केही लोकप्रिय कामहरु गरेको हुनाले र निरन्तर साम्राज्यवादको राजनीतिक विरोधमा लागिरहेको हुनाले तथा विविध तरिकावाट सेना प्रहरी अदालत बैंक तथा प्रशासनमा पकड जमाउन सक्षम भएकोले चावेजले वारम्वार चार पटक सम्म निरन्तर राष्ट्रपति चुनाव जित्न सके । नेपालका कम्युनिष्ट भनिएका नेकपाका नेताहरु भन्दा ह्युगो चावेजले भेनेजुयलाका जनताका लागि धेरै लोकप्रिय कामहरु र समाजवादी कामहरु गरेका थिए । चावेजले देशको सेना प्रहरी प्रशासन अर्थतन्त्र अदालत कसरी आफ्नो पकडमा चुनावी तरिकाले पनि राख्न सकिन्छ भन्ने उदाहरण देखाएका थिए । व्यवहारिक रुपमा ह्युगो चावेज— नेकपाका नेताहरु भन्दा वढी क्रान्तिकारी, बढी साम्राज्यवाद विरोधी र बढी जनपक्षीय र बढी माक्र्सवादी थिए ।

नेपालमा नेकपाका केही नेताहरुले समाजवादको खोल ओढेका नोकरशाही तथा दलाल पूँजीवादी मदुरोको पक्षमा वक्तव्य दिँदैछन् भने अरु पार्टीका केही नेताहरु गुआइदोको पक्षमा देखापरेका छन् । तर भेनेजुयलाका जनताका लागि भने न त अमेरिका समर्थक गुआइदो सही हुन सक्दछ, न त रुस समर्थक मदुरो सही हुन सक्दछ । भेनेजुयलामा एउटा देशले मात्रै हस्तक्षेप गरेको नभएर त्यहाँको विशाल तेल भण्डारमा आँखा लगाउँदै धेरै देशले विविध तरिकाबाट हस्तक्षेप गर्दैछ । त्यहाँ समाजवादी सत्तापक्ष र पूँजीवादी प्रतिपक्षबीचको संघर्ष नभएर एकथरि समाजवादको खोल ओढेको नोकरशाही तथा दलाल पूँजीवादी र अर्कोथरि लोकतन्त्र र उदारवादको खोल ओढेको पूँजीवादी शक्तिबीचको संघर्ष हो ।


तर चावेज माक्र्सवाद लेनिनवाद माओवाद भन्दा भिन्न तरिकाको प्रयोग गर्दै थिए । उनले माक्र्सवाद लेनिनवाद माओवादका केही अंश लिए पनि चावेजले मालेमालाई समग्र विज्ञानको रुपमा लिएका थिएनन् । जसले गर्दा समाजवादका आंशिक कार्यक्रमवाट नै समाजवादमा जान सकिने भन्दै नयाँ वाटोको प्रयोगमा उनी लागे । भेनेजुयला तेलको ठुलो भण्डार भएको देश हो र त्यसैमा विश्वका साम्राज्यवादी पूँजीवादी देशहरुले आँखा गाडेका छन् । तर चावेजले तेलको निकासी व्यापारवाट आएको आम्दानीले नै समाजवाद निर्माण गर्ने कोशिस गरे । उनले देशको औद्योगिक क्रान्ति, कृषि क्रान्ति आदि समग्र आर्थिक प्रवर्गहरुको क्रान्तिमा जोड दिएनन् । जसले गर्दा सरकारको प्रमुख आयश्रोत तेल निकासी मात्र बन्यो ।
अहिले भेनेजुयलाले गम्भीर आर्थिक संकट भोग्नुको पछाडि चावेजको आंशिक समाजवादी नीति पनि जिम्मेवार छ । तेलमा निर्भर अर्थतन्त्रले गर्दा तेलको मुल्य वढ्ने गर्दा सरकारको आय पनि वढ्ने र तेलको मूल्य घट्दा सरकारको आय घट्ने तर ब्ययभार घटाउन नसक्ने हुँदा अर्थतन्त्रमा गम्भीर समस्या आउन थालेको हो । औद्योगिक र अन्य आर्थिक क्षेत्रमा क्रान्ति गर्न नसक्दा अर्थतन्त्र असन्तुलित हुन थाल्यो । चावेजका उत्तराधीकारी मदुरोको समयमा आउँदा सत्ता र पार्टी भित्र भ्रष्टाचार व्यापक रुपमा मौलाउन थाल्यो । चावेजको समयमा राष्ट्रियकरण गरिएका व्यवसायहरु नोकरशाही पूँजीवादी वन्न थाल्यो । अर्थतन्त्र र सत्ताको नोकरशाही पूँजीवादीकरण हुने क्रम तीब्र भए संगै अर्थतन्त्र ओरालो लाग्न थाल्यो । अलिकति समाजवाद उन्मुख कार्यक्रमहरु लागु गरिएपनि नयाँ तरिकाले सरकार, पार्टी, सत्ताका अरु अंगहरु र सरकारी अर्थतन्त्र भित्रैवाट प्रतिकृयावादी नोकरशाही तथा दलाल पूँजीवाद जन्मन सक्ने माओको विश्लेषण भेनेजुयलामा पनि प्रमाणित भयो । तर त्यसका विरुद्ध लडेर परास्त गर्ने शक्ति पार्टी सरकार सत्ता मा निस्केन । फलस्वरुप भेनेजुयलाको अर्थतन्त्र धरासायी वन्ने तिर उन्मुख भएकोछ अहिले । जनतामा आक्रोस फैलिन थालेको छ । अहिलेका राष्ट्रपति मदुरोले धाँधली, सेनाका भ्रष्ट अधिकृतहरु, भ्रष्ट अदालत र तेलवाट प्राप्त धनराशीको बल प्रयोग गरेर टिकेका छन् । तर बहुसंख्यक जनताको समर्थन उनले गुमाइसकेका छन् ।
विश्व वैंकका अनुसार सन् २०१५ मा कूल गार्हस्थ उत्पादन ६ प्रतिशतले घटेको थियो, २०१६ मा १६ प्रतिशतले घटेको थियो, सन् २०१७ र २०१८ मा १४ प्रतिशतले घटेको थियो । जबकी नेपालमा जनयुद्ध चलेको वेला र महाभूकम्पको वेला पनि ऋणात्मक वृद्धिदर थिएन । मदुरो सत्तामा आएको वर्ष सन् २०१३ मा मुद्रास्फिति दर ४३ प्रतिशत वढ्न गयो भने सन् २०१८ मा एक लाख प्रतिशत भन्दा वढी नाघेको छ । महंगीले आकाश छोएको छ र लाखौं मानिसहरु पलायन भएर वाहिर जानेक्रम बढेको छ ।
सन् २०१५ मा संसदको चुनावमा कूल १६७ सिट मध्ये विपक्षी गठवन्धनले ११२ र मदुरोको गठवन्धनले मात्र ५५ सिट जित्न सफल भयो । अहिले अर्थतन्त्र धराशायी हुँदै गएको र जनअसन्तोष चर्केको मौका छोपेर यसै संसदको विपक्षी बहुमतका नेता गुआइदोले आफुलाई राष्ट्रपति घोषणा गरेपछि र अमेरिका लगायत शक्तिदेशले उनलाई समर्थन गरेपछि भेनेजुयलामा संकट वढेको हो ।
नेपालमा नेकपाका केही नेताहरुले समाजवादको खोल ओढेका नोकरशाही तथा दलाल पूँजीवादी मदुरोको पक्षमा वक्तव्य दिँदैछन् भने अरु पार्टीका केही नेताहरु गुआइदोको पक्षमा देखापरेका छन् । तर भेनेजुयलाका जनताका लागि भने न त अमेरिका समर्थक गुआइदो सही हुन सक्दछ, न त रुस समर्थक मदुरो सही हुन सक्दछ । भेनेजुयलामा एउटा देशले मात्रै हस्तक्षेप गरेको नभएर त्यहाँको विशाल तेल भण्डारमा आँखा लगाउँदै धेरै देशले विविध तरिकाबाट हस्तक्षेप गर्दैछ । त्यहाँ समाजवादी सत्तापक्ष र पूँजीवादी प्रतिपक्षबीचको संघर्ष नभएर एकथरि समाजवादको खोल ओढेको नोकरशाही तथा दलाल पूँजीवादी र अर्कोथरि लोकतन्त्र र उदारवादको खोल ओढेको पूँजीवादी शक्तिबीचको संघर्ष हो ।
त्यसैले भेनेजुयलाको विषयमा नेपालका न्यायप्रेमी प्रगतिशील जनताले त्यहाँको सत्तापक्ष वा प्रतिपक्षको समर्थन गर्ने होइन कि जनपक्षीय स्वतन्त्र धारलाई समर्थन गर्नु पर्दछ र त्यस्तो धार निर्माणका लागि प्रेरित गर्न सक्नु पर्दछ । यो नै सही माक्र्सवादी लेनिनवादी माओवादी दृष्टिकोण हो । अन्यथा लेनिनले भन्नु भएझैं यो वा त्यो प्रतिकृयावादी जनविरोधी शक्तिको पुच्छरवादी बन्ने दक्षिणपन्थी गल्ति हुन पुग्दछ ।
नेकपा अध्यक्ष प्रचण्डले यही गल्ती गरे । उनले केवल अमेरिकाको मात्रै चर्को विरोध गरेर रुसी साम्राज्यवाद समर्थक मदुरो सरकारको पक्षमा वक्तव्य दिए । वास्तवमा प्रचण्डले भेनेजुएलाका सत्तापक्ष वा प्रतिपक्ष तथा रुसी वा अमेरिकी गुटमध्ये एक पक्षको मात्रै विरोध नगरी दुवै जनविरोधी खेमाको विरोध गर्दै जनताको पक्षमा र राष्ट्रिय स्वाधिनताको पक्षमा वक्तव्य दिनु पर्दथ्यो । प्रचण्डले असंलग्न परराष्ट्र नीतिको ठाउँमा एउटा अर्को साम्राज्यवादी ध्रुवको पक्षमा वक्तव्य दिएर राजनीतिक चक्रव्यूहमा फँस्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्