पाकिस्तानी सैनिक हेलिकप्टर दुर्घटना : दुई पाइलटसहित चारको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

पाकिस्तानी सैनिक हेलिकप्टर दुर्घटना : दुई पाइलटसहित चारको मृत्यु


- दृष्टि न्युज/संवाददाता


इस्लामाबाद, १२ पुस (एजेन्सी) । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिकसहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण शबिनार दुर्घटनाग्रस्त भएको जनाएको छ ।

बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा नष्ट भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्