Logo
Logo

फेसबुक र ट्विटरद्वारा ट्रम्पलाई १२ घण्टा प्रतिबन्ध, बैठक पुनः सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ पुस । संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले हालका अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ । बिबिसीका अनुसार आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि ‘आइ लभ यू’ लेखेका थिए । ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लंघन गरेको भन्दै ट्विटरले तिनलाई हटाइदिएको छ । त्यसो नगरेमा उनको खातालाई नै बन्द गरिनुपदथ्र्यो भन्ने ट्विटरको स्पष्टीकरण छ । फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइएको छ । यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए ।
यस्तै, अवरुद्ध भएको अमेरिकी संसद्मा बैठक पुनः सुरु भएको बिबीसीले जनाएको छ । अमेरिकी संसद् रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि उक्त बैठक पुनः सुरु भएको हो । उक्त बैठकमा राष्ट्रपति निर्वाचित जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्