Logo
Logo

लाखौं उखु किसान विरुद्ध पूँजीपति र सरकारको गठवन्धन


- दृष्टि न्युज/संवाददाता



नेपालमा एक लाख भन्दा वढी किसानहरुले यसपाली उखु खेती गरेका छन् । तर किसानहरुले गत वर्ष कै ११० करोड रकम चिनी उद्योगीहरु र सरकारले दिएका छैनन् । ११० करोड मध्ये ४० करोड चिनी उद्योगका पूँजीपतिहरुले र ७० करोड सरकारले किसानहरुलाइ दिन पर्ने अनुदान अहिले सम्म नदिएको समाचार प्रकाशित भएकाछन् ।

वर्ष दिन यसरी रकम रोकेर राख्दा १० प्रतिशत व्याजको दरले मात्र पनि किसानहरुलाई ११ करोड घाटा भैसकेकोछ । पूँजीपतिहरु र सरकारले एक वर्ष ढिलाई भएकोमा व्याज जोडेर दिनेवाला छैनन् । किसानहरुले आफुले पाउनु पर्ने साँवा समेत पनि पाउन सकिरहेका छैनन् ।

यस्तो स्थितिमा पनि सरकार सुतिरहेकोछ । लाखौं किसानहरुको पक्षमा अडान लिनुपर्ने कम्युनिष्ट भनिएको सरकारले किसानहरुलाई उल्टै उत्पीडन गर्न थालेकोछ । सरकारले पूँजीपतिहरुको पक्ष लिएर किसानको पैसा नतिर्ने उद्योगीहरुलाई कारवाही नगरी मुकदर्शक वनिरहेकोछ ।

यसपाली पूँजीपतिहरुले चिनी मिल चलाउन एक महिना ढिलो गरे । यसो गर्दा किसानको वारीमा उखु सुक्न थालेको थियो । यसवाट किसानहरुलाई करोडौं घाटा भैसकेकोछ । तर पूँजीपतिहरुलाई भने केही घाटा हुनेछैन । यस्तो कुकर्ममा सरकार तमासे भएर वस्यो ।

यसवर्ष किसानहरुले १ लाख ३४ हजार विघामा २१ अर्ब भन्दा वढीको उखु उब्जाएका छन् । एक महिना चिनी मिल ढिलो चलाउँदा केही प्रतिशत सुकेर हुने नोक्सानीवाट किसानहरु कम्तिमा पनि १० करोड घाटामा गैसकेको वताइन्छ ।

गत वर्ष किसानहरुलाई समय मै पैसा नदिए चिनी मिलका मालिकहरुलाई थुन्ने धम्कि दिएका उद्योगमन्त्री यसपाली मौन धारण गरेर वसेका छन् भनि किसानहरु आक्रोशित छन् । किसानहरुले सरकार र पूँजीपतिहरु विच गोप्य गठवन्धन भएको आरोप लगाउन थालेका छन् ।

तर कम्युनिष्ट भनिएको सरकार सुतेर वसेकोछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्