Logo
Logo

जनवरी २० अगावै ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ पुस (बिबिसी) । अमेरिकी कंग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन आग्रह गरेका छन् । अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकले हिंसात्मक तवरले कब्जा गर्ने प्रयास गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन् । डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका छन् ।

सभामुख न्यान्सी पेलोसीले यदि उनलाई नहटाइए पनि उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन् । ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ । हालसम्म केही रिपब्लिकनले मात्र उनलाई हटाउनुपर्ने कुरामा साथ दिएका छन् । उक्त झडपमा परेर चार जनाको निधन भएको छ भने हालसम्म ६८ जना पक्राउ परेका छन् ।
ट्रम्पलाई हटाउनुपर्ने माग गर्नेमा जो बाइडनको डेमोक्र्याटिक पार्टीका सांसदहरू धेरै रहेका छन् । चक सुमरले एकदिन पनि ट्रम्पलाई राष्ट्रपतिका रूपम राख्नु नहुने बताए । ट्रम्पले यही २० जनवरीमा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ । तर त्यसअघि नै उनलाई हटाउनुपर्ने माग तीव्र भएको हो । उनले ट्रम्पको मन्त्रिमण्डललाई अमेरिकी संविधानको २५औँ संशोधनलाई प्रयोग गरेर राष्ट्रपतिलाई हटाउन माग गरेका छन् ।
उक्त संशोधनले मानसिक र शारीरिक समस्याका कारण काम गर्न नसक्ने अवस्थामा राष्ट्रपतिलाई हटाएर उपराष्ट्रपतिले कार्यभार सम्हाल्न सक्छन्। त्यसका लागि उपराष्ट्रपति माइक पेन्सले कम्तिमा ८ जना मन्त्रिमण्डलका सदस्यसहित ट्रम्पसँग सम्बन्ध तोड्नुपर्नेछ । त्यो तत्काल सम्भव नरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्