Logo
Logo

अमेरिकीले सात देशका वस्तुमा २५ प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतसहित सात प्रमुख अर्थतन्त्रका वस्तुमा २५ प्रतिशतसम्म अतिरिक्त आयात शुल्क लगाउने प्रस्ताव अघि सारेको छ ।

The current image has no alternative text. The file name is: 1615981335_donald-trump.jpg

औद्योगिक उत्पादन क्षमता र उत्पादनमा केन्द्रित अमेरिकी अनुसन्धानपछि यस्तो प्रस्ताव ल्याइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रस्तावित शुल्कको सूचीमा भारत, दक्षिण कोरिया, ताइवान, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया र कम्बोडिया छन् । अमेरिकाले यी देशले बजारको मागभन्दा बढी उत्पादन क्षमता विस्तार गरेको आरोप लगाएको छ ।

अमेरिकाले भारत, चीन, युरोपेली सङ्घ, जापान, बङ्गलादेश, कम्बोडिया, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड र भियतनाम गरी १४ अर्थतन्त्रको औद्योगिक उत्पादनबारे अनुसन्धान गरेको छ । यसै क्रममा चीनमाथि २० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरिएको छ ।

यसैगरी, अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले ब्राजिलका विमानसहित केही उत्पादनमा पनि अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ ।

प्रस्तावित शुल्क तत्काल लागू हुने छैनन्। त्यसअघि सार्वजनिक परामर्श प्रक्रिया पूरा गर्नुपर्नेछ । यो प्रस्ताव डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी-२० शिखर सम्मेलनअघि सार्वजनिक भएको हो । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000