Logo
Logo

१० औं राष्ट्रिय खेलकुद : मधेशसँग हारसँगै लुम्बिनी प्रतियोगीताबाट बाहिरियो


0
Shares

सुर्खेत । १० औं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत महिला क्रिकेटतर्फ लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा मधेश प्रदेशसँग पराजित हुँदै लुम्बिनी प्रतियोगीताबाट बाहिरिएको हो । बिहीबार वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले सात विकेटको क्षतिमा ७९ रन बनायो । लुम्बिनीकी ओपनर ऋतु रावलले ४१ रनको नटआउट पारी खेलिन् । ५६ बलको सामना गरेकी उनले पाँच चौका प्रहार गरिन् । यस्तै सिमा थापाले १० रनको योगदान दिइन् । 

The current image has no alternative text. The file name is: surkhet-1.jpg

आस्मा पुलामीमगरले पाँच, अनिता चौधरी र दीपा कुँवरले समान चार चार रन बनाइन् भने सुस्मिता भुषालले दुई तथा ओपनर श्रुती बुढाथोकी, सरस्वती पुन, मनिषा रानाले एक एक रन बनाए । लुम्बिनीलाई सस्तैमा समेट्न मधेश प्रदेशकी सुस्मिता यादवले चार विकेट हात पारिन् । चार ओभर बलिङ गरेकी उनले २० रन खर्चिन । यस्तै रोजी कडारीले दुई विकेट झारिन भने कप्तान पुजा महतोले एक विकेट लिइन् ।

८० रनको लक्ष्य मधेशले १२.४ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । मधेश प्रदेशकी ओपनर एलिषा यादवले ४२ रनको महत्वपूर्ण पारी खेलिन् । ३६ बलको सामना गरेकी उनले आठ चौका प्रहार गरिन् । कम्तान पुजा महतोले १५ रन बनाउँदा अनुराधा चौधरीले सात रन बनाइन् । ओपनर साना प्रविनले चार रन र सरस्वती चौधरीले दुई रनको योगदान दिइन् । चाँदनी खातुन चार रनमा नटआउट रहिन् ।

लुम्बिनीकी सरु तिवारीले तीन, सुस्मिता भुषाल र सरस्वती पुनले एक एक विकेट हात पारे । बलिङमार्फत लुम्बिनीलाई सस्तैमा समेटेकी मधेश प्रदेशकी सुस्मिता यादव प्लेयर अफ द म्याच घोषित भइन् । मधेशसँगको हारसँगै लुम्बिनी प्रदेश प्रतियोगीताबाट बाहिरिएको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबसँग पराजित भएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000