Logo
Logo

उत्तर कोरियाली नेता किम जङद्वारा परमाणु हतियार वृद्धि गर्ने प्रण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ पुस । उत्तर कोरियाली नेता किम जङ उनले अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भएको बताउँदै अमेरिकामा जो राष्ट्रपति बनेपनि प्योङयाङप्रति वाशिङ्टनको नीति परिवर्तन नहुने बताएका छन् । बिबिसीले जनाएअनुसार उनको सत्तारूढ वर्कर्स पार्टीको विरलै हुने राष्ट्रिय सम्मेलनमा बोल्दै किमले परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले पानीमुनि चल्ने परमाणु जहाज (न्यूक्लियर सबमरिन) बनाउने आफ्नो योजना करिब करिब पूर्ण भएको बताए । बिबिसी अनुसार अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले शपथ लिने दिन नजिकिएका बेला उनको प्रतिक्रिया आएको हो । विश्लेषकहरू किमको टिप्पणी अमेरिकी नयाँ राष्ट्रपतिमाथि दबाव पु¥याउने प्रयत्न भएको ठान्छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पसँग किमको न्यानो सम्बन्ध रहे पनि ट्रम्पको कार्यकलमा उत्तर कोरियाको पारमाणविक कार्यक्रम नियन्त्रण गर्नेबारे खासै ठोस प्रगति भएन । वर्कर्स पार्टीको आठौँ कंग्रेसमा ‘शत्रु शक्तिले’ उत्तर कोरियाविरुद्ध प्रयोग नगरेसम्म प्योङयाङले आणविक हतियार प्रयोग नगर्ने उनले बताए ।
किमले ‘उत्तर कोरियाली क्रान्तिका लागि सबैभन्दा ठूलो अवरोध र सबैभन्दा ठूलो शत्रु अमेरिका हो, त्यहाँ जोसुकै शक्तिमा आए पनि उत्तर कोरिया प्रतिको नीतिमा कुनै परिवर्तन हुँदैन’ उनले राज्य सञ्चालित समाचार एजेन्सी केसीएनले जनाएको छ । कडा आर्थिक प्रतिबन्ध लगाइएको भएपनि परमाणु हतियार विकासमा उत्तर कोरियाले महत्वपूर्ण प्रगति गरेको बताइन्छ । यो हप्ताको शुरूमा किमले उनको पाँच वर्षे आर्थिक योजना सबैजसो क्षेत्रमा विफल भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्