Logo
Logo

इण्डोनेसियामा बेपत्ता बोइङ पत्ता लाग्यो, ६२ यात्रु बेपत्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ पुस । इन्डोनेसियाको जर्काता विमानस्थलबाट शनिबार उड्नेवित्तिकै बेपता भएको एयर बोइङ–७३७ दुर्घटना भएको सम्भावित स्थान पत्ता लागेको बताइएको छ । श्रीविजया एयरको जेट विमान राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा दुर्घटनाग्रस्त बनेको थियो ।
चालक दलसहित ६२ जना सवार विमान पश्चिमी कालिमान्टान प्रान्तस्थित पोन्टियानाकका लागि उडान भरेको विमान चार मिनेटपछि नै सम्पर्कविहीन भएको थियो ।
अधिकारीकारीहरुका अनुसार दुर्घटना भएको सम्भावित क्षेत्रमा १० अहिले १० वटा जहाज र नेभीका गोताखोरहरु परिचालित गरिएका छन् ।
श्रीविजया एयरको यात्रुवाहक विमान जकार्ता विमानस्थलबाट स्थानीय समयअनुसार २ बजेर ३६ मिनेटमा उडान भरेको थियो । २ बजेर ४० मिनेटमा कलसाइन एसजेवाई १८२ कल साइन भएको विमानसँग अन्तिमपटक सम्पर्क भएको थियो ।
फ्ल्याइटराडार ट्वान्टीफोर डटकमका अनुसार विमानले एक मिनेटभन्दा कम समयमा ३ हजार मिटरको उचाइ गुमाएको थियो । प्रत्यक्षदर्शीहरुले कम्तिमा एउटा विस्फोट सुनेको र देखेको बताएका छन् ।
माछा मार्दै गरेका सोलिहिनले आफूले विमान दुर्घटना भएको देखेको र त्यसपश्चात जहाजको कप्तानले जमिनमा फर्कने निर्णय गरेको बताएका छन् । विमानमा ५० जना यात्रुसहित ६२ जना सवार थिए । जसमा सात बालबालिका र तीन नवजात थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्