Logo
Logo

भारतमा मात्रै एक करोड, चार लाख ६६ हजार बढी संक्रमित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ पुस । भारतमा कोरोना भाइरस संक्रमितको संख्या सोमबारसम्म एक करोड चार लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ३११ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड चार लाख ६६ हजार ५९५ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १६१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ३११ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा एक करोड ९२ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख २२ हजार ५२६ सक्रिय संक्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३९९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १२ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड १७ लाख ५५ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतबार एक दिनमा छ लाख ५९ हजार २०९ जनाको कोभिड–१९ परीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्