Logo
Logo

१० फागुनमा ‘फिंगरप्रिण्ट’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ माघ । नेपाली ‘फिंगरप्रिण्ट’ यही १० फागुनदेखि देशभर प्रदर्शनमा आउने भएको छ । हालैमात्र यस फिल्मको गीत र पोष्टर सार्वजनिक भएको थियो ।
फिल्ममा राज क्षितिज, दिपक त्रिपाठी, आयुष्मा कार्की, सरिता लामिछाने, रमेश बुढाथोकी, शंकर आचार्य, रश्मि भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।
‘फिंगरप्रिण्ट’मा नबिन निरौलाको लेखन निर्देशन रहेको छ । यस फिल्मका निर्माता अनिल श्रेष्ठ ‘रोमन’ हुन् भने सहायक निर्मातामा शंकर आचार्य र अनिल श्रेष्ठ रहेका छन् । अर्जुन पोख्रेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन गरेको छ भने यस फिल्मलाई राहुल राईले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्