Logo
Logo

‘महाअभियोग’ लागेपछि सत्ता हस्तान्तरण गर्न तयार भए ट्रम्प


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले हार स्वीकारेका छन् । बुधबार अमेरिकाको तल्लो सदनबाट दोस्रोपटक ‘महाभियोग’ प्रस्ताव पारित भएपछि ट्रम्पले हार स्वीकार्दै शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताएका छन् । गत महिना सम्पन्न राष्ट्रपतिय निर्वाचनमा भएको आफ्नो हारलाई उनले स्वीकार्न मानिरहेका थिएनन् ।
संसद् भवनमा भएको हुलदंगालाई आफ्नो अभियानमाथिको आक्रमण भएको उनको भनाइ छ । गत साता संसद् घेराउ गर्नका लागि ट्रम्पले नै आफ्ना समर्थकहरुसँग आग्रह गरेका थिए । उक्त हुलदंगाका क्रममा ५ जना मारिएका थिए । त्यसपछि अमेरिकाको तल्लो सदनबाट उनीविरुद्ध महाभियोग प्रस्ताव जारी भएको छ ।
यही ६ जनवरीमा संसद् भवनमा आक्रमण गर्न आएकाहरुले राजनीतिक वृत्तमा दशौँ लाख अमेरिकीहरुलाई आक्रोशित बनाएको उनको भनाइ छ । सो हुलदंगामा संलग्नहरुलाई न्यायको कठघरामा ल्याउने काम हुने समेत उनले बताए ।
अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनको सपथको समय वासिङटन डिसीमा हजारौंको संख्यामा नेशनल गार्डहरु परिचालन गरिनेतर्फ इंगित गर्दै ट्रम्पले कुनै दुर्घटनामा बिना शान्तिपूर्वक सत्ता हस्तान्तरण हुने कुराको सुनिश्चितता गरिएको बताए । २० जनवरीमा ट्रम्प स्वत पदमुक्त हुनेछन् । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यही दिन पद तथा गोपनियताको सपथ लिनेछन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्