Logo
Logo

तीन कर्मचारी घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २४ माघ ।
नेपालगंज सवडिभिजन वन कार्यालय, राँझा, बाँकेमा कार्यरत रेन्जर जगविर खत्रीसहित तीन जना घुससहित पक्राउ परेका छन् ।

निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय नेपालगंजबाट खटिई गएको टोलीले निज रेन्जर जगविर खत्री, फरेष्टरद्वय बहादुर के.सी., केशव बहादुर वली र वन रक्षक हरी कुमार चन्दले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुससहित नेपालगंज उपमहानगरपालिका वडा नं. १० स्थित सुर्खेत रोढबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्