Logo
Logo

केपी ओली नेकपाकाे साधारण सदस्य समेत नरहने !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी  किन कारवाही नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आज (शुक्रवार) पेरिसडाँडामा सकिएको प्रचण्ड–माधव पक्षको स्थायी कमिटीको बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी  किन कारवाही नगर्ने भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे । यस्तै, बैठकले महासचिव विष्णु पौडेललाई समेत कारवाही गर्नका लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ ।

यसअघि प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटन गरेको भन्दै पुस ७ गते प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएको थियो । बैठकले प्रदेश १ कमिटीको अध्यक्षमा ओली समूहका देवराज घिमिरेलाई हटाएर घनेन्द्र बस्नेतलाई चयन गरेको छ । सह–इन्चार्जमा राजेन्द्र राई र जयन्ती राई चयन भएका छन् । यस्तै, बैठकले माघ १६ गते प्रधानमन्त्रीको कदमविरुद्ध विशाल जनप्रदर्शन गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्