Logo
Logo

सिन्धुलीमा दुर्घटना, पाँच जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २४ माघ ।
सिन्धुलीको फिकलमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको । दुर्घटनामा आठ जना घाइते भएका छन्।
फिकलबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेका बा१५च ९४२२ नम्बरको बलेरो जिप फिकल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा दुर्घटनामा परेको हो।

जिप सडकबाट दुई सय मिटर तल खस्दा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। फिक्कल गाउँपालिका २ की तिलमाया विक, कुनमान तामाङ, लक्ष्मी विक र फिक्कल गाउँपलिका–३ की शान्तामायाँ श्रेष्ठको घट्नास्थलमै र फिक्कल –२ की २५ वर्षीया अनिता महतको भने खुर्कोटस्थित शुभजिवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर आठ जना घाइते बनेको र घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए। गम्भीर घाइतेमा चालक मानबहादुर सुनुवार, गंगामाया विक, चन्द्रमाया विक, रोजेन्द्र सुनुवार रहेका छन् । गम्भीर घाइतेलाई थप उपचारका लागि काभ्रेको धुलीखेल र काठमाडौं पठाइएको एसपी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्