Logo
Logo

कोरोनाले सन् २०२१ झन् कष्टकर बनाउन सक्ने डब्लुएचओको चेतावनी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर बन्न सक्ने चेतावनी दिएको छ । नयाँ प्रकारको कोरोना भाइरस पहिले भन्दा धेरै सङ्क्रामक रहेको र छिटो फैलिरहेकाले सन् २०२० भन्दा कठिन अवस्था ल्याउने डब्ल्युएचओले चेतावनी दिएको हो ।

पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको डब्लुएचओको दावी छ । नयाँ प्रकारको संक्रमण देखिएपछि बेलायतमा संक्रमण र मृतक संख्या पनि बढ्दै गएको छ । दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० मुलुकहरूमा फैलिसकेको बीबीसीले उल्लेख गरेको छ । जापानमा पनि अर्को नयाँ प्रकारको भाइरस देखिएको छ भने नयाँ प्रकारकै भाइरसको संक्रमण भएको दावी गरिएको छ ।प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएपछि हाल विकसित भएका खोपले पनि काम नगर्ने हो कि भन्ने चिन्ता पनि थपिएको विज्ञले चिन्ता व्यक्त गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्