Logo
Logo

खुल्ला बहसका लागि तयार हुन प्रधानमन्त्री मोदीलाई गान्धीको आग्रह


- दृष्टि न्युज/संवाददाता


नयाँ दिल्ली, २४ माघ ः भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बहस गर्न आग्रह गर्नुभएको छ ।



प्रधानमन्त्री मोदीले देशलाई एकताबद्ध गर्छु भन्दै कुरा मात्रै गर्ने तर काम भने नगर्ने आरोप भन्दै अध्यक्ष राहुलले प्रधानमन्त्रीलाई राष्ट्रिय मुद्दामा बहसका लागि आग्रह गर्नुभएको हो । 

उहाँले प्रधानमन्त्री मोदी सार्वजनिक बहसका लागि आफूसँग डराउने तर्क गर्दै अध्यक्ष गान्धीले आउँदो लोकसभाको निर्वाचनमा काँग्रेसले भारतीय जनता पार्टी र राष्ट्रिय स्वयमसेवक दलसँग बहसमा उत्रिने र भारतीय कङ्ग्रेसको पक्षमा मतदातालाई अघि बढ्न प्रोत्साहित गर्ने बताउनुभयो । 

“यदि कसैले नरेन्द्र मोदीलाई मसँग दश मिनेट खुल्ला बहसमा आमन्त्रण गर्नुभयो भने उहाँ सहमत हुनुहुनेछैन,” गान्धीले चुनौतिको भाषामा भन्नुभयो । 

राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उहाँले थप्नुभयो, “मैले भनिरहेको छु नि उहाँ बहसबाट टाढा बस्न चाहनुहुन्छ, उहाँलाई मैले राम्रोसँग चिनेको छु ।” 

भारतमा आगामी मे महिनामा हुने केन्द्रीय निर्वाचन नजिकिँदै जाँदा प्रतिस्पर्धी दलमाथिको आरोप प्रत्यारोप बढ्न थालेको छ । 
रासस÷एएनआई)

प्रतिक्रिया दिनुहोस्