Logo
Logo

कुवेतमा सरकार विघटन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ । कुवेतमा आज (सोमबार) सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएसँगै सरकार विघटन भएको हो ।

प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले स्वीकृत गरेका थिए । प्रधानमन्त्री सबाहले ३१ जनवरीमा कुवेती राजा समक्ष राजीनामा बुझाएका थिए । तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरवारका सूचना अधिकारीले बताएका छन् । प्रधानमन्त्री सबाहले १४ डिसेम्बर २०२० मा कुवेती सरकारको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्