Logo
Logo

गोली हानाहनमा दश भारतीय माओवादी मारिए


- दृष्टि न्युज/संवाददाता


नयाँ दिल्ली, २४ माघ मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकू मारिएका छन् । 



छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३६५ किलोमिटर ढाटा रहेको भैरामगढमा सो भिडन्त भएको थियो । 
भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकू मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा सो झडप भएको बताइएको छ । 

झडपको क्रममा १० शव र दश ओटा राइफल फेला परेको र अझै पनि सुरक्षा कारबाही जारी रहेको सरकारी अधिकारीहरु जानकारी दिएका छन् । 
(रासस ÷सिन्ह्वा) ः

प्रतिक्रिया दिनुहोस्