Logo
Logo

ट्रम्पको कोभिड-१९ सम्बन्धी यात्रा प्रतिबन्ध आदेश खारेज गर्दै बाइडेन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोभिड १९ सम्बन्धी ह्वाइट हाउसले जारी गरेको नियम खारेज गरिदिन लागेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो कार्यकालको अन्तिम दिन चलिरहँदा राष्ट्रपतिमा निर्वाचित बाइडेन कोभिड १९ सम्बन्धी नियम खारेज गर्ने तयारीमा लागेका हुन् ।

ट्रम्पले आफ्नो कार्यकालको अन्तिम आदेशमा युरोप र ब्राजिलबाट आउने यात्रुलाई प्रतिबन्ध लगाउने नियम खारेज गर्ने तयारीमा जुट्दा बाइडेनका प्रवक्ताले भने यो नियम कुनै पनि हालतमा सही नभएको बताएका छन् । कार्यकालको अनितम दिन यस किसिमका निर्णय गर्न नमिल्ने बताइएको छ । बाइडेनको बुधवार अपाराह्न २ बजे सपथ ग्रहण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्