Logo
Logo

दीपेन्द्र र लीलाले गाए ‘सलल कोशी’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । गायक दीपेन्द्र राई र गायिका लीला राईको पुर्वेली भाकामा लोकगीत ‘सलल कोसी’ श्रोता तथा दर्शकमाझ आएको छ । गायक दीपेन्द्र ‘नेपाल लोक स्टार’मा टप–७ सम्म पुगेका थिए । यसअघि ‘बेल्टार बजार’ बोलको गीत ल्याएका दिपेन्द्रले यसपटक लीलासँग युगल पूर्वेली लोकभाका लिएर आएका हुन् । लीला पूर्वेली लोकगीतका लागि चर्चित छिन् ।
पूर्वाञ्चल म्युजिकको प्रस्तुती रहेको उक्त गीतमा रुद्र श्रेष्ठको संगीत र शब्द रहेको छ भने संगीत संयोजन राम कार्कीले गरेका हुन् । गीतमा पुर्वेली गाउँबेसीको भाका समेटिएको छ ।
यस गीतको भिडियोमा दीपेन्द्रसँगै सन्ध्या राईले अभिनय गरेका छन् । साथै, भिडियोमा रक्षक राई, रुद्र श्रेष्ठलगायतका कलाकारले पनि साथ दिएका छन् ।
भिडियोमा हतुवागढी प्रवेशद्वार माइवेणी, हलेदेटार, कोप्चे, शिलौली भञ्ज्याङ, बेणीडाँडालगायतका पर्यटकीय स्थानहरुमा छायाँकन गरिएको छ । भिडियोलाई रुद्र श्रेष्ठले नै निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्