Logo
Logo

फेसबुकमा युवतीलाई अश्लिल भिडियो पठाउने पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । सामाजिक सञ्जाल फेसबुकमार्फत युवतीलाई अश्लिल भिडियो/फोटो पठाउने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यान साविक गा.वि.स. वडा नं.-२ घर भई हाल कुमख गाउपालिका वडा नं. ४ सेराडाडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही रहेका छन् ।

शाहीले २० वर्षीया युवतीलाई म्यासेन्जर मार्फत अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पिडन तथा हैरानी दिने गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन- २०६३ को दफा ४७ बमोजिम कसुर अनुसार अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्