Logo
Logo

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित


- दृष्टि न्युज/संवाददाता


विराटनगर, ७ माघ । प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखबाट आएको हिउँदे अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउँदै बैठक स्थगित गरेका हुन् । प्रदेश सभामा हुनसक्ने अप्रिय घटनालाई रोक्नका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

नेकपाभित्रको विवादले सांसदहरूले कुर्सी तोडफोड गर्ने खतरा भएकै भन्दै प्रदेशसभा सचिवाललयले सांसदहरु बस्ने कुर्सीसमेत ‘वेल्डिङ’ गरेकाे थियाे ।

नेकपा विभाजज भएपछि त्यसको असर प्रदेश सरकारमा पनि परेको छ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेकपा विभाजनपछि ओली समूह र प्रचण्ड-माधव समूहले एकले अर्को पक्षका सांसदलाई निलम्बन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्